
काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो ।

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ ।

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाएको छ ।

कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ ।

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ

काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १ नम्बर र १४