हाम्रो बारेमा

जन्मभूमि नेपालबाट विभिन्न अवसरहरूका लागि विदेश जाने नेपालीको संख्या दिनहुं बढिरहेको छ । विदेशमा  बसोबास गरिरहेका नेपालीहरु विस्तारै आफु बसेको ठाउँमा सामाजिक र राजनीतिक लगायतका  गतिविधि गरिरहेका छन् । मुलुकको चिन्तामा रहेका धेरैजसो नेपालीहरू आफ्नो जन्मभूमिसंग  सामिप्यमा रहन सधैं इच्छुक छन् । जहाँ सुकै रहेता पनि सूचना र खबरहरूबाट सुसूचित रहने नेपाल र नेपाली डायस्पोराको इच्छालाई पुरा गर्न “डायस्पोरा नेपाल” यहॉंहरू माझ आइपुगेको छ।

व्यावसायिक पत्रकारिताको अनुभव हासिल गरेका पत्रकारहरूको समूहले विश्वभरका नेपालीहरुका समस्या र समाधान तथा नेपालीले गरेका राम्रा काम  डायस्पोरानेपालडटकम (diasporanepal.com) डिजिटल मिडिया (न्यूज पोर्टल) ले उजागर गर्न प्रयास गर्ने छ।

निष्पक्ष, स्वतन्त्र र विश्वसनीय व्यावसायिक पत्रकारिता गर्ने प्रतिबद्धताका साथ आएका हुनाले हामी कसैको प्रभाव र दवावमा पर्ने छैनौँ , न त कुनै  पक्ष वा विपक्षको वकालत नै गर्ने छौं। हाम्रा लागि सबै बराबर छन्।   डायस्पोराका नेपालीको सुखदुखको साथी बन्न सक्नु नै हाम्रो सफलताको परिचायक हुने छ। 

तपाईहरुका सल्लाह र सुझाव हाम्रा लागि मार्गदर्शन हुनेछन् । डायस्पोराको पत्रकारिता अत्यन्तै फरक फरक समुदाय र परिवेशहरू संगको सहकार्य र अनुभव भएका नेपालीहरूसंग जोडिएको हुनाले हामीले यसलाई संसारभर छरिएर रहेका नेपालीलाई जोड्न एउटा पुलका रुपमा काम गर्ने चुनौतीपूर्ण अवसरका रूपमा लिएका छौ ।

हामी समस्त नेपालीहरूको आवाजका रूपमा प्रस्तुत हुने छौं । डायस्पोरामा नेपाली कला संस्कृति, साहित्य, भाषा, भेषभूषा र परम्पराको  संरक्षण तथा संवर्द्धन गर्ने दायित्व हामी सबैमा छ । हामी डायस्पोरानेपाल मार्फत उक्त दायित्व निर्वाह गर्न तयार छौं।

हामीले नेपाली समुदायका राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, अध्यागमन लगायत समसामयिक विषयवस्तु, कला, साहित्य, सफलताका कथा, तिता मीठा अनुभव र समुदायमा हुने गतिविधिलाई प्राथमिकताका साथ समेट्ने छौं। प्रतिभाहरूको सम्मान र अभिप्रेरणाका साथमा खबरदारी र अनुभवहरूलाई एकैसाथ लैजाने प्रयास गर्न छौं।  यो यात्रामा हामीहरु आदरणीय पाठक वर्ग, समाजका अगुवाहरु, पेशाकर्मी तथा व्यवसायीहरुबाट सुझाव, सल्लाह र सहयोगको अपेक्षा समेत गर्दछौं।

© 2022 All Right Reserved DiasporaNepal