भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।
श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताउनु भएको छ । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उहाँको भनाइ छ ।
डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।
अमेरिकाका सैन्य प्रमुख मार्क मिलीले चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नदेखिएको तर अमेरिकाले त्यहाँको अवस्थालाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।
भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ।
यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भैरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् ।
रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट दक्षिणी क्षेत्र ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनले दाबी गरेको छ ।
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ ।
प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका बस्तुमा जुलाई १ तारिकदेखि १९ प्रतिबन्ध लगाइएको हो।
युक्रेनमाथिको रुसी आक्रमणको सुरुवाती दिन मै मस्कोको एक प्रमुख रणनीतिक उद्देश्यहरू प्रष्ट भएको थियो । रुस युक्रेनका बन्दरगाहलाई कब्जामा लिएर उसलाई आर्थिक स्रोत सुकाउन चाहन्थ्यो ।