मतगणनाको विवाद हुँदा इलामको नगरपालिकामा दुई राउन्ड हवाई फायर

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको रातोपाटीलाई जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us