देउवाको गृहनगरमा काँग्रेस   अगाडि

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाएको छ । २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका छन्  ।

यस्तै एमाले र नेपाली काँग्रेस (बिपी)का साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१ पाएका छन् ।​ गाउँपालिका ४ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएका छन् ।

यस्तै एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर (प्रधान)ले १४९ मत मात्र पाएका छन् । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us