
काठमाडौंको शंखरापुर नगरपालिका, जहरसिंह पौवाको बोझिनीमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि प्रहरीले छानबिन थालेको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।

देश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ ।

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ ।

राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।