स्थानीयलाई पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि छानबिन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौंको शंखरापुर नगरपालिका, जहरसिंह पौवाको बोझिनीमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि प्रहरीले छानबिन थालेको छ ।

झण्डै एक सातादेखि सो क्षेत्रमा तामाकोसी जलविद्युत आयोजनाको सवस्टेशन नराख्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका स्थानीयमाथि पेस्तोल ताकेका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीलाई प्रहरी परिसर काठमाडौंमा झिकाई अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जनाएका छन् । 

यही पुस २० गते शंखरापुर नगरपालिका लप्सीफेदी वडा नं ३ वोझेनीस्थित नेपाल विद्युत प्राधिकरणद्वारा सव–स्टेशन निर्माण गर्ने क्रममा स्थानीय वासिन्दाहरुद्वारा गरिएको विरोध प्रदर्शनमा प्रहरी वृत्त बौद्धबाट थप मद्दतको लागि खटिएका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीले गैह्र व्यावसायिक कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता मैनालीले जनाएका छन् । 

बोझिनीबाट सब–स्टेशन हटाउन माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयमाथि प्रहरी निरीक्षक बुढाथोकीले कम्मरबाट पेस्तोल निकालेर चारैतिर ताक्दै गोली प्रहार गर्ने धम्की दिएका थिए । शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दै स्थानीय महिलाको चुल्ठोमा समातेर घिसार्दै पछार्ने काम समेत गरेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us