विश्वासको मत र प्रदेश सरकारबारे छलफल गर्न गठबन्धनको बैठक

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।

आइतबार बैठक शीर्ष नेताहरूको बैठक बस्ने भए पनि समय र स्थान तय नभएको जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले बताए।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वास मत लिँदै छन्। विभिन्न प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय पनि यही साता सकिँदैछ।

प्रदेश १ मा त सरकारमा दाबी गर्ने समय आइतबार साँझ सकिँदैछ। प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ।

बागमती र गण्डकीमा सरकारको दाबी गर्ने समय सोमबार साँझसम्म छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गते र मधेसमा पुस २८ गतेसम्म मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखले समय दिएका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us