
नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्।

मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । यससँगैप्रदेशको लागि सभामुख चयनको लागि हुने भनिएको निर्वाचन पनि सरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् ।

७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ ।

पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ ।

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ

प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्र जाने भएकी छिन् ।