ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्। 

अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ।

संसदबाट पुस २६ गते  विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा टुंग्याउने तयारी गरे पनि त्यो हुन सकेको छैन।

प्रधानमन्त्री प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन्।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा मन्त्रिपरिषद् विस्तारमा केही अलमल भएको देखिन्छ। 

यसअघि आइतबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार गएका थिए। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us