मधेस प्रदेशसभा बैठक स्थगित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । यससँगैप्रदेशको लागि सभामुख चयनको लागि हुने भनिएको निर्वाचन पनि सरेको छ ।

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिएका छन् । बैठक स्थगित भएसँगै प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मत लगायतको कार्यसूची मंगलबार सरेको उनले बताए । उनका अनुसार बैठक र निर्वाचन लगायतका कार्यसूची मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us