
मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।

नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ।

पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भइरहेको मतदानमा भने सहभागी भएको छ।

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ ।

राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने बताएका छन्।