प्रधानमन्त्री प्रचण्ड : सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक भोलि बस्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने बताएका छन्।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न लागेको बताए।

‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दैछ,’ उनले भने।

उनले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने पनि बताए। सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा उनले आजै टुंगिने बताएका थिए।

नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us