राप्रपाबाट को-को मन्त्री ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ।

लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्नेछन्।

राप्रपाका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार सहरी विकास मन्त्रीमा उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई पठाउने तयारी छ।

यस्तै राप्रपाले पाउने अर्को मन्त्रालय युवा तथा खेलकूद वा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हुनेछ। यीमध्ये एक मन्त्रालय पाउने र त्यसमा को मन्त्री पठाउने राप्रपाले आज मात्रै निर्णय गर्ने ती पदाधिकारी बताउँछन्।

उनकाअनुसार धवलशम्शेर जबरा वा बिक्रम पाण्डे एक जना मन्त्री हुने सम्भावना छ।

राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउने तयारी गरेको हो।

यस्तै मकवानपुरबाट चुनाव जितेका दिपकबहादुर सिंहलाई राज्यमन्त्री बनाउने तयारी रहेको छ। ती पदाधिकारीका अनुसार सिंह सहरी विकास राज्यमन्त्री बन्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन्।

राप्रपाले सत्ता साझेदार दलहरूको बैठकमा ४ मन्त्रालय पाउनुपर्ने दाबी गरेको थियो। साथै उसले बागमतीको मुख्यमन्त्रीमा पनि दाबी गरेको थियो तर बागमतीमा राप्रपाले सभामुख लिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us