एनआरएनएको आगामी निर्वाचन सम्बन्धि प्रकृया अगाडी नबढाउन परराष्ट्रको निर्देशन

एनआरएनए निर्वाचन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने भनिएको निर्वाचन प्रतिनिधि विवादका कारण निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै २४ भदौमा ३ प्रतिनिधिले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेका थिए । मन्त्रालयले एनआरएनएमा पछिल्लो समय बढ्दो डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।

यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औं विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिएको र एनसीसीहरुले विधानसम्मत रूपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै निर्णय नसच्चिएसम्म विश्व सम्मेलन रोक्न माग गरिएको थियो ।

एनआरएनएका विभिन्न २५ देशका अध्यक्ष तथा प्रतिनिधिहरुको नाम संलग्न गरि गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरु उल्लेख गरिएको थियो ।

सोही उजुरीको आधारमा मन्त्रालयका सह–सचिव भरतकुमार रेग्मीको संयोजकत्वमा गठन गरेको छानवीन कमिटीले प्रतिनिधि विवाद नटुँगिदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । एनआरएनएको निर्वाचन केही समयका लागि स्थगित गर्ने निर्णय सामान्य प्रक्रिया हो । ‘उजुरी परेपछि छानवीनका लागि केही समय लिने प्रावधान सामान्य हो । तीन जना सदस्यले विधान विपरित प्रतिनिधि सिफारिस र चयन गरिएको भन्दै निवेदन हाल्नु भएको रहेछ । प्रक्रियाका लागि हामीले केही समय स्थगित गर्ने निर्णय गरेका हौं,’ श्रोतले भन्यो, ‘एनआरएनए नेतृत्वले विधान विपरित प्रतिनिधि सिफारिस र चयन भएको छैन भन्ने प्रमाण ल्याएको खण्डमा स्वघोषित मितिमा निर्वाचन हुनेछ ।’

एनआरएनए उपाध्यक्ष डा.बद्री केसी र महासचिव डा. हेम राज शर्माले अनावश्यक राजनीतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै विधानविपरीत आएको निर्देशनलाई मान्नैपर्छ भन्ने नभएको जिकिर गरे । बैठकमा केसी र शर्माले मन्त्रालयले कुनै अमूक राजनीतिक पार्टीको दबाबमा सो पत्र पठाएको पनि आरोप लगाए ।

एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, कतारबाट आइसीसी सदस्य नवराज ओली (शनि ओली) र आइसीसी पूर्व सचिव जानकी गुरुङ लगाएतले उजुरी दिएका थिए । परराष्ट्रले उक्त उजुरीको आधारमा तत्काल निर्वाचन सम्बन्धि कुनैपनि प्रक्रिया अगाडी नबढाउन र तत्काल मतदाता नामावली छानवीन गर्न समेत निर्देशन दिएको हो ।

पराष्ट्रको निर्वाचन सम्बन्धि सम्पूर्ण काम हालको लागि स्थगित गरेसँगै आज साझँ एनआरएनएको आइएस बैठकमा परराष्ट्र मन्त्रालयले पठाएको पत्र विधानविपरीत भएको र त्यसको प्रतिवाद गर्न एनआरएनएमा ठाडो राजनीतिक हस्तक्षेप गरिएको भन्दै कानुनी प्रकृया अगाडी बढाउनुको विकल्प नरहेको बैठकमा सहभागी एक सदस्यले भने ।

एनआरएनए उपाध्यक्ष डा.बद्री केसी र महासचिव डा. हेम राज शर्माले अनावश्यक राजनीतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै विधानविपरीत आएको निर्देशनलाई मान्नैपर्छ भन्ने नभएको जिकिर गरे । बैठकमा केसी र शर्माले मन्त्रालयले कुनै अमूक राजनीतिक पार्टीको दबाबमा सो पत्र पठाएको पनि आरोप लगाए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तलाई विश्व खवरले सम्र्पक गर्दा उनले उहिले आफु बाहिर रहेको र आफुलाई पनि अस्पष्ट जानकारी आएको बताए । त्यसको विषयमा थप छलफल गर्न केहि दिनमा नेपाल आउने र परराष्ट्रसंग छलफल गर्ने बताए । उनले भने एनआरएनएमा डेलिगेट्सको विवाद केहि देशमा रहेको त्यसको हलका गर्नका लागी एनआरएनए सक्षम रहेको बताए । एनआरएनए प्रतिनिधि मण्डलले दुई तिन दिनमै परराष्ट्र अधिकारीसँग छलफल गर्ने र विवादलाई हल गर्ने बताए ।

एनआरएनएको चुनावमा प्रतिनिधि भएर आउने नेतृत्वको सम्बन्धमा यसअघि नै एनआरएनएले स्पष्ट पारिसकेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले विधान अनुसार नै प्रतिनिधि चयन भएर आएको स्पष्ट पारिसकेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal