बेल्जियममा  मनाइयो पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवस

४ दिन अगाडि

डायस्पोरा नेपाल

ब्रसेल्स – नेपाली दूतावास बेल्जियमको आयोजनामा प्रथम अन्तरराष्ट्रिय  आरोग्य दिवस योग ध्यान र आरोग्य सम्बन्धि कार्यक्रम आयोजना  गरी मनाइएकोछ । युरोपियन युनियनको साउथ एसिया स्टडी सेन्टरमा आयोजना गरिएको कार्यकममा विभिन्न देशका राजदूतहरु, युरोपियन युनियन र बेल्जियम सरकारका प्रतिनिधि एवं नेपाली समुदायको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित गरे पछि पहिलो पटक ब्रसेल्समा नेपाली दुतावासले आरोग्य दिवस कार्यक्रम  आयोजना गरेको हो।

बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल लगायत उपस्थित विभिन्न देशका राजदूतहरुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा परराष्ट्र मंत्री शिशिर खनाल, जीवन विज्ञानका संस्थापक  गुरु एलपी भानु शर्मा, आयुर्वेद चिकित्सक डा   रमेश अधिकारीले अनलाइन मार्फत  सम्बोधन गरेका थिए ।

कार्यक्रममा योग ध्यान प्रशिक्षक ओम शर्माले ध्वनि र औरा ध्यान गराए भने गुरुमाहरु सलायै दा बज्रयानी र बुद्धरापली मधुभानिनीले विपश्यना  ध्यान गराएका  थिए  ।

बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले समारोहलाई स्वागत गर्दै ज्ञानभूमि नेपालले विश्वमा शान्ति र सदभाव  वृद्धि गर्न आफ्नो परम्परा र संस्कृति मार्फत योगदान गर्न सक्ने बताइन् । उनले योग, आयुर्वेद  र हिमाली सम्पदाको धनि नेपालको भ्रमण गरेर आनन्द प्राप्त गर्न आह्वान पनि गरिन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले स्वस्थ्य व्यक्तिले मात्र स्वस्थ समाज निर्माण गर्ने बताउंदै आरोग्य हरेक व्यक्ति र मुलुकको लागि पनि आवश्यक रहेको बताए।  उनले नेपालमा स्थानिय जडीबुटी र  प्राकृतिक चिकित्साको दिगो विकास गरी स्वस्थ र शान्त विश्व निर्माणमा योगदान गरिरहेको बताए  ।

जीवन विज्ञान विज्ञ एलपी भानु शर्मा शर्माले योग ध्यान मार्फत आरोग्य बढाउन सकिने बताए  भने डा रमेश अधिकारीले आयुर्वेदको महत्वबारे विस्तृत प्रकाश पारे । युरोपेली संघको दक्षिण एसिया विभाग कार्यवाहक प्रमुख मिसल फेस्ताले नेपालले विश्व शान्ति र आरोग्य मार्फत विश्वलाई खुसि राख्न गरेको प्रयास प्रशंसनीय रहेको बताए ।

कार्यक्रमको  संचालन र सहजीकरण नेपाली दूतावास बेनेलक्सकी उपनियोग प्रमुख रिचा भट्टराइले गरेकी थिइन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us