एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ देखि १७ गतेसम्म हुने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेकपा एमालेले पूर्वनिधारित विधान महाविधेशनको कार्यतालिका संशोधन गरेको छ ।

शनिबार ललितपुरस्थीत तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले तयारी नपुगेको भन्दै असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो । नयाँ तालिका अनुसार विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

महाविधेशनमा पेश गर्ने प्रस्तावको तयारी गर्नुपर्ने भएकाले केहि दिन बैठक सारिएको उनले बताए । त्यस्तै बैठकलेविधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै बिभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए । बिधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी तथा असोज ८ र ९गते केन्द्रीय समिति बस्ने उनले बताए ।

त्यस्तै बैठकले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको बैठकको ठहर रहेको भट्टराईले बताए ।

त्यस्तै अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना राखिएको भन्दै विमति रहेको उनले जानकारी दिए । बैठकले संसदीय मूल्यमान्यताका आधारमा सभामुखको भूमिकाकोविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन निर्देशन दिएको भट्टराईले बताए ।

त्यस्तै स्थायी कमिटी बैठकले विभिन्न विषयमा शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यपक्षले धरपकड गर्ने काम गरेको भन्दै निन्दा गरेको छ । बैठकले विरोध प्रदर्शनमा उत्रिएकालाई पनि आफ्ना विषयवस्तुलाई मर्यादित ढंगले प्रस्तुत गर्न अपिल गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal