सरकारले कोरोना खोप किन्न ५ अर्ब छुट्यायो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ छ्ट्याएको छ ।

संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेर ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको जानकारी दिए ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन् ।

© 2022 All Right Reserved DiasporaNepal