विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेद्वारी

५ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा शर्माले उम्मेद्वारी घोषणा गरेका हुन् । सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्माले त्यहाँ उपस्थित स्थानीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफू महामन्त्री उम्मेदवार हुने घोषणा गरे । सम्बोधनका क्रममा शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प पनि गरे । सम्बोधनपछि सुन्दरीजलमा बिपीले रोपेको कपुरको बोटनजिकै शर्माले रूद्राक्षको बिरूवा रोपेका छन् ।

प्रवक्ता शर्मा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट छन् । शर्मा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका थिए ।

यसअघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । नेता प्रदीप पौडेल पनि क्रियाशील सदस्यता विवाद समाधान भएपछि महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us