नेपाल प्रहरीमा को बन्ला नयाँ आईजीपी ?

नेपाल प्रहरीमा को बन्ला नयाँ आईजीपी ?

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

 २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी गरिरहेका छन् । चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचन भन्दा अघि परिवर्तन हुँदै छ ।

तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताप राणा सहित ६ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले ज्येष्ठता मात्र बढुवाको मुख्य आधार नभएको फैसला गरेको थियो । त्यस्तै, २०७३ मा तत्कालीन डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतको वृहद पूर्ण इजलासले आईजीपी नियुक्तिमा ज्येष्ठता र वरिष्ठताको खास महत्त्व हुने र त्यसलाई प्राथमिकताका साथ महत्त्व दिनुपर्ने फैसला गरेको थियो ।  २०७३ चैत ८ मा सर्वोच्चले गरेको फैसलामा भनिएको छ–‘वरिष्ठतालाई स्थान दिनु प्रहरी संगठनको चेन अफ कमाण्ड कायम राख्न पनि आवश्यक हुन्छ ।’  

सशस्त्र प्रहरी बलबाट अवकाश पाएका पूर्व डिआईजी माधव थापा सिनियारिटीको आधारमा प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै थापाले भने–‘सिनियारिटी र कार्यक्षमता भएको उम्मेदवारलाई आईजीपी नियुक्त गर्नुपर्छ तर, सिनियारिटी भनेर भ्रष्टाचारमा लिप्त व्यक्तिलाई कमाण्ड सुम्पनु हुँदैन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us