स्टारको जीवन दर्साउने ‘द फेम गेम’

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

माधुरी दीक्षितको अभिनय रहेको सिरिज ‘द फेम गेम’ प्रदर्शनरत छ । सिरिजलाई ओटीटीमा रिलिज गरिएको छ । सन् २०१४ पश्चात अभिनयमा सक्रियता कम गरेकी माधुरीले सन् २०१९ मा टोटल धमाल र कलंकमा अभिनय गरिन् । त्यसपछि टेलिभिजन रियालिटी शोमा देखा परिरहेकी माधुरीले ओटीटीमा आफ्नो उपस्थिति देखाएकी छिन् । सिरिजमा उनले एक कलाकारको जीवनलाई देखाउने प्रयास गरेकी छिन् । 

अनामिका आनन्दको भूमिका निर्वाह गरेकी माधुरीले एक सामान्य युवती हुँदै सुपरस्टारसम्मको जीवनसँगै स्टारडम बचाउन गर्ने प्रयत्नलाई जीवन्त बनाउने प्रयास गरेकी छिन् । उनले एक सुपरस्टारसँगै एक छोरी, एक पत्नी र एक आमाको भूमिकालाई व्यक्त गरेकी छिन् ।

सामान्य मानिसले स्टारलाई हेरेर अनुमान गर्ने जीविकालाई यसले थप प्रस्ट्याएको छ । सामान्य घरमा हुर्किएकी अनामिका कसरी स्टार बन्छिन् ? उनले आफ्नो स्टारडम बचाउन के के गर्छिन् ? यी यस्ता थुप्रै सब प्लटहरु सिरिजमा छन् । 

‘मैले फिल्ममा एक स्टारको जीवनलाई देखाउने कोशिस गरेकी हुँ । स्टारको जीवन अन्यले सोझेझैँ नहुन् पनि सक्छ । यसमा स्टारले निभाउने भूमिका मात्र होइन, दायित्वलाई पनि चित्रण गरिएको छ,’ माधुरीले भनिन् ।

सिरिजको प्रचारप्रसारकै क्रममा एक अन्तर्वार्तामा उनले सिरिज गर्दै गर्दा आफ्नै जस्तैको कथा लागेको बताइन् । ’मैले स्टारडम फिल गरेकी छु । यद्यपि यसले अन्य पाटोलाई पनि देखाएको छ । जसकाबारेमा मैले सोचेकी समेत थिइन्,’ उनले भनिन् । 

सिरिजमा एक सुपरस्टार अचानक गायव भएपछि हुने घटनाक्रमलाई देखाइएको छ । सिरिजमा माधुरीसँगै सञ्जय कपूर, मानव कौल, सुहासिनी मुले, राजश्री देशपान्डे, लक्षवीर सरन, मुस्कान जाफेरी लगायतको अभिनय रहेको छ । माधुरीले सिरिजको कथाले नै आफुलाई आकर्षित गरेको बताएकी थिइन् ।

© 2022 All Right Reserved DiasporaNepal