नक्कली भुटानी शरणार्थी प्रकरण : नेताहरुको नाम जोडिएकोप्रति जनसम्पर्क समिति बेलायतको ध्यानाकर्षण

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेपाली कांग्रेसका नेताहरुको नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका सभापति युवराज गुरुङले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारी निकायबाटै औपचारिक रुपमा छानविन शुरु भइसकेको अवस्थामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवा लगायतका नेताहरुमाथि विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा आधारहीन समाचार सम्प्रेषण गरी चरित्र हत्या गरिएको भन्दै खेद प्रकट गरेका छन् ।

‘नेपाली कांग्रेसका नेता केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खांणले सो प्रकरणलाई प्रहरीमा रहेर छानविन गर्न सहयोग गरिरहनु भएको स्मरण गर्दै सबै विषयलाई कानून अनुरुप निराकरण गर्न अनुरोध गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us