ओएनएफ युकेको ‘मिसन ग्रासरुट’ उत्साहजनक

११ महिनाs अगाडि

डायस्पोरा नेपाल


लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन , नर्थ वेस्ट लण्डन ,साउथ वेस्ट, मिडल्याण्ड र स्कटल्याल्डमा विशेष कार्यक्रम गरि सम्पन्न गरेको हो ।
ओएनएफका नेता तथा कार्यकर्ताहरु स्थानीयस्तरमा सहभागीता रहेको थिए । माउ पार्टी एमालेले नेपालमा पार्टी र जनतालाई जोड्ने गरि देशभर चलाएको ‘मिसन ग्रासरुट’ कार्यक्रम बेलायतभर पनि संचालन गरिएको छ । यस बाहेक ओएनएफका ३६ संगठन रहेका ३६ वटै प्रवासमा विशेष कार्यक्रमसहित अभियान चलाइएको छ । युकेमा झण्डै एक साता चलेका कार्यक्रमले नेता र कार्यकर्ताविच अन्तरक्रियासहित पार्टीका आगामी नीति, प्रवासी नेपालीका मागहरुलाई एक रुपता दिदै नेतृत्व समक्ष पुर्याउने र समाधान गर्ने गरि एकीकृत ढंगले आफ्नो कार्यकालमा काम गर्न लागेको अध्यक्ष थापाले बताए ।
ओएनएफ युके अध्यक्ष तुंगभद्र भुसालसहित अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष थापाले लगानी, ज्ञान र सीप हस्तान्तरण तथा प्रवासीका अधिकारका सवालमा अल्पकालिन र दीर्घकालिन ढंगले कार्य गर्न योजना बनाएको जानकारी दिए । कमिटिमा बसेर पद ओगट्ने भन्दा पनि आ-आफ्नो कार्यकालमा ठोस योजनासहित कार्य गर्न ओएनएफ युके र क्षेत्रीय कमिटिलाई विशेष अनुरोध थापाले गरे ।
गत शनिवार र आइतबार दुई दिन प्लमस्टेड, अल्डरसट, कोभेन्ट्री, ह्यारो र स्कटल्याण्डमा भएका मिसन ग्रासरुट कार्यक्रममा बेलायतमा ओएनएफ युकेलाई थप बलियो र दरिलो संगठनका रुपमा नेपाली समाज सामु उभ्याएको छ । अल्डरसटको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तारा राईले प्रमुख आतिथ्यता ग्रहण गरेकी थिइन् । बेलायतका विभ्रिन्न स्थानमा कार्यक्रम गरिएपछि उत्साहित हुदै अन्तरराष्ट्रिय अध्यक्ष थापाले भने, ‘कार्यक्रम होस त बेलायतको जस्तो ।’

पार्टीले दिएको जिम्मेवारी र बेलायतमा रहेका ओएनएफका नेता-कार्यकर्ताहरुको सहभागीताले पार्टीलाई थप उचाईमा पुर्याउने अपेक्षा थापाले गरे । उनी माक्र्सको समाधिस्थल भ्रमण सकेर मंलबार स्पेन प्रस्थान गरेका छन । उनलाई ओएनएफ युके अध्यक्ष भुसाल तथा अन्तरराष्ट्रिय कमिटिका नेताहरुले विमानस्थलमा विदाई गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal