बेक्स्ली नेप्लिज कम्युनिटीले अगस्ट २८ शनीबार तीजको कार्यक्रम गर्दै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। बेक्स्ली नेपाली समाज (बेक्स्ली नेप्लिज कम्युनिटी)ले नेपाली नारीहरुको महान चाडहरितालीका “तीज” अगस्ट महिनाको २८ तारिख शनीबारका दिन भब्य रुपले मनाउने भएको छ।

समाजका नवनिर्वाचित अध्यक्ष आनन्द धरेलका अनुसार स्थानीय फाल्कनउड कम्युनिटी सेन्टरमा उक्त दिन दिउँसो २ बजेदेखि सांझ १० बजेसम्म कार्यक्रमको आयोजना हुनेछ। कार्यक्रम सम्पन्न गर्नको लागि समाजको हालै सम्पन कार्यसमितिको बैठकले एक कमिटी समेत गठन गरिएको छ। उक्त तीज कमिटिको संयोजकमा बिजिता गौतम र सदस्यहरू बिन्दु गुरुङ,उमा गुरुङ,शिलु आचार्य खनाल,अहिल्या कुँवर,बिमला सेढाई,सुश्मा ढुङ्गाना र सबिता सिवाकोटी रहेका छन्।

समाजले विभिन्न सामुदायिक कार्यहरु गर्दै आएको छ। समाजले आफ्नो फेसबुक पेजमा एक सुचना प्रकाशित गर्दै बेक्स्ली नेप्लिज कम्युनिटीको भाइबर ग्रुपमा अग्रिम रुपमा नाम दर्ता गराउन समेत अनुरोध गरिएको छ।

तीजको रहर आयो बरीलै!!!बेक्सलीकम्यूनिटी तपाईको घर दैलो आउदै छ!!तीजको रमाईलो ल्याउदै छ !!!!कम्मर मर्काई मर्काई नाच्ने दिन नजिकीदै छ !!!!Bexley Nepalese Community ले २०२१ को बृहत् तीज कार्यक्रमको आयोजना गर्दैछ। गत बर्ष COVID-१९ को कारण सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई यो महान तीज पर्व मनाउन असहज भएको बिदितै छ। तर यसपाली हामी यो कार्यक्रम भव्यताका साथ मनाऔँ। कृपया उक्त दिन समय मिलाई गरीमामय उपस्थितिको लागी Bexley Nepalese Community हार्दिक निमन्त्रण गर्दछौं!!!अब तीज आउन केही दिन मात्र बाक़ी रहेकोले कृपया समयमैं Viber Group Bexley Nepalese Community मा नाम दर्ता गराउनु हुन अनुरोध छ।मिति: २८ August २०२१समय: १३:०० देखी २१:३० सम्मस्थान: Falconwood Community Centre.नबिर्सु है।:28 August 2021

© 2022 All Right Reserved DiasporaNepal