माओवादी केन्द्र महाधिवेशन : पार्टी बहुपदीय संरचनामा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । नेकपा (माओवादी केन्द्र) बहुपदीय ढाँचामा जाने भएको छ । बहुपदीय संरचना सँगै माओवादी केन्द्रमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने भएको हो ।
केन्द्रीय समितिको आइतबार बसेको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।आइतबारबाट सुरु हुने आठौं महाधिवेशनमा नीति पारित गर्ने र अध्यक्ष बाहेक अन्य पदाधिकारीको चयन नहुने यसअघि जनाइसकेको छ। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुलाई केन्द्रीय कमिटीले चुन्ने व्यवस्था छ ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । उक्त रुपान्तरण गर्ने स्थायी कमिटी निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।

महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । उक्त महाधिवेशनलाई प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओली झापा रहेकाले उनले प्रतिनिधि पठाउने बताइन्छ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतनिधि १६०० को हाराहारिमा रहेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us