सरकारले माग्यो २ हजार ५ सय ९८ निमावि शिक्षक

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: www.ahakhabar.com

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि झन्डै दुई हजार पाँच सय शिक्षक माग गरेको छ। आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, शुक्लयर्वेद, गणित–विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा, संस्कृत कर्मकाण्ड शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।

माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। यस्तै दोब्बर दस्तुर बुझाएर माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ । आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us