फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत, प्रतिनिधिसभा बैठक स्थगित
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

काठमाडौं । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।
