बेलायतबाट नेपाल जाँदा क्वारेन्टिन बस्नु पर्ने नियम स्थगित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ । अध्यागमन विभागले शनिबार आफ्नो साइटमा सूचना जारी गर्दै शुक्रबारको उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको हो ।


अध्यागमनले ओमिक्रोन संक्रमण फैलिन नदिन शुक्रबार सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । डब्लुटिओका अनुसार हाल करीव ७७ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।
अध्यागमनले उक्त निर्णय किन स्थगित गरिएको बारे केही खुलाइएको छैन भने अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।

© 2022 All Right Reserved DiasporaNepal