कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश बिजयी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।
अहिलेसम्म ४३९० मत गनिसिकएको छ । गगनले अहिलेसम्म सबैभन्दा बढी २८२३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुने भएका छन् । अहिलेसम्म प्राप्त परिणामअनुसार उनले १८२४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका प्रकाशशरण महत र विश्वप्रकाशबीचको अन्तर गन्न बाँकी रहेको मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमशस् प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal