कोभिसिल्डको १८ लाख डोज खोप नेपाल आइपुग्यो

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विरः गुगल

काठमाडौं । बुधबार कोरोना भाइरसविरुद्धको १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप नेपाल आएको छ । भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको यो खोप आज कोभ्याक्ससुविधा मार्फत नेपाल आएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले कोभिडविरुद्धको खोप प्राप्त हुने क्रममा आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड काठमाडौं आइपुगेको बताए । यसकासाथै बिहीबार र शुक्रबार २१ लाख ७६ हजार ‘जोनसोन एन्ड जोनसोन’ खोप नेपाल आइपुग्ने उनले जानकारी दिए ।

कोभिसिल्ड र जोनसोन खोप १८ वर्ष माथिकालाई मात्रै दिन सक्ने डब्लूएचओले जनाएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us