कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै समाधान भएन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर रिपब्लिका
तस्बिर रिपब्लिका
तस्बिर रिपब्लिका

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित उच्चस्तरीय समितिले थप समय माग गरेको छ । भदौ २ गतेसम्मको समयसीमा पाएको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले समय सकिएको दुई दिनपछि थप समय मागेको हो ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर कृष्ण सिटौला सम्मिलित उच्च स्तरिय समितिले क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन अझै समय लाग्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो ।

योसँगै कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको कार्यतालिका प्रभावित हुने देखिएको छ ।

तय भएको कार्यतालिका मध्ये भदौ १८ का लागि तय भएको वडा तहको अधिवेशन नहुने सम्भावन बढेको छ ।

कांग्रेसको महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण पाएको १९ दिनपछि मात्र वडा अधिवेशन गराउने जानकारी केन्द्रीय समितिलाई गराइसकेको छ । तर अब वडा अधिवेशनको मिति भदौ १८ गते आउन १३ दिन मात्र बाँकी छ ।

© 2022 All Right Reserved DiasporaNepal