विदेशमा बस्ने नेपालीले नेपालमा डलर खाता खोल्न पाउने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैह्र आवासीय नेपालीहरू र संघ–संस्थाहरूले नेपालमा पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्नेगरी खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धित महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासीय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै यस्तो निर्णयबारे जानकारी गराएको हो ।

परराष्ट्रको निर्णयलाई अर्थमन्त्रालय र राष्ट्र बैंकले अनुमोदन गरेको हो । अब गैह्र आवासीय नेपाली र नेपालीबाट प्रवद्धित संस्थाले नेपाली बैंकमा सिधै अष्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, जापानीज यन, चिनियाँ युआनमा खाता खोल्न पाउने छन् ।

न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको बचत जम्मा गर्ने एवंम सो बराबरको बचत विदेशी मुद्रामै लैजान पाउने जनाइएको छ ।

पराराष्ट्रको निर्णय अनुसार राष्ट्र बैंकलेसमेत यो व्यवस्थाबारे विदेशस्थित कुटनीतिक नियोग र एनआरएनएलाई जानकारी गराइसकेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us