सभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला (मतसहित)

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

फाेटाेः गुगल

काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। हालसम्म १ हजार ४०५ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन्। उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन्।

कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ। सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us