बेलायतबाट दुई युवाहरु ग्लोबल युथ पार्लियामेण्टद्धारा पुरस्कृत
काठमाण्डौं । बेलायतवासी दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्टबाट बेग्लाबेग्लै विधामा पुरस्कृत भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बु र एनपीसीसी यूकेका सहमहामन्त्री इन्द्रहाङ लिङदेनलाई पुरस्कृत भएका हुन् ।
समाजसेवा र पत्रकारितामा विगत १५ बर्षदेखिको सक्रियताका लागि खुशी लिम्बुलाई यस बर्षको ’ग्लोबल युथ लीडरशिप अवार्ड’ तथा अध्ययन, व्यापार र लगानीमा प्राप्त गरेको सफलताका लागि युवा व्यवसायी इन्द्रहाङ लिङदेनलाई ’ग्लोबल युग अन्टरप्रन्यर अवार्ड’बाट पुरस्कृत भएका छन । युवा ब्यापार व्यावसायी इन्द्रहाङ लिङदेन बेलायतको सत्तारुढ कञ्जरगेटिभ पार्टीको फेल्थाम क्षेत्रको डेपुटी चेयरम्यान पनि हुन् ।
युवाहरुलाई जगाउँदै उनीहरुलाई मानवीय कार्यहरुमा उत्प्रेरित गराउन र नेतृत्वको विकास गर्न सन् २०२० मा स्थापित संस्था ग्लोबल युथ पार्लियामेण्टमा हाल ७३ वटा देशहरु सदस्य रहेका छन् ।
गत नोभेम्बर १९ तारिख राष्ट्रिय सभा गृहमा आयोजित पुरस्कार वितरण समारोहमा बिभिन्न देशहरुबाट ३० जना भन्दा बढी युवाहरुले बेग्ला बेग्लै विधाहरुमा पुरस्कृत भए ।
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द किशोर पुनको हातबाट पुरस्कृतहरुले ट्रफी, मेडल र प्रमाणपत्र ग्रहण गरे ।