एसआई यूकेद्वारा काठमाडौंमा दोस्रो पटक नोभेम्बर २१ मा शैक्षिक मेला

काठमाडौं । विश्वभरका विश्वविद्यालयको नेपालको आधिकारीक प्रतिनिधि एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा दोस्रो पटक भव्य रुपमा अन्तरराष्ट्रिय स्तरको शैक्षिक मेला गर्न लागेको छ । विश्वभर ख्याती प्राप्त एसआई यूके नेपाल शाखाले आगामी मंसिर ५ (नोभेम्बर २१) मा भव्य शैक्षिक मेला आयोजना गर्न लागेको हो ।
मङ्सिर ५ गते (नोभेम्बर २१) काठमाडौंको एसआई यूके नेपाल शाखा कार्यालय पुत्तलीसडकस्थित कृषि विकास बैंकको दोस्रो तल्लामा रहेको छ । उक्त एसआई युकेको कार्यलयमा आएर शैक्षिक मेला बारेमा विस्तृत जानाकारी लिने हुन अनुरोध गरिएको छ । एसआई यूके नेपालका निर्देशक विनय अधिकारी शैक्षिक मेलालाई मध्ये नजर गर्दै बेलायतबाट नेपाल आईपुगेको संस्थाले जनाएको छ ।
निर्देशक अधिकारीकाअनुसार मेलामा यूकेका २० वटा भन्दा बढी विश्वविद्यालय (युनिभर्सिटी)को सहभागिता रहनेछ । मेलामा नेपालको शैक्षिक क्षेत्रमा उच्च पदस्थ विज्ञहरुको समेत सहभागिता रहने एसआई युकेले जनाएको छ ।
विदेशका ख्याति प्राप्त विश्वविद्यालयमा शैक्षिक योग्यता लिन इच्छुक विद्यार्थीहरुलाई मेलामा सहभागी हुन एसआई युकेका निर्देशक विनय अधिकारीले अनुरोध गरेका छन । शैक्षिक मेला झण्डै ५०० सय विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गरि लाभान्विभत हुने अनुमान गरिएको निर्देशक अधिकारीले बताए । निर्देशक अधिकारीकाअनुसार मेलामा विद्यार्थीलाई प्रत्यक्ष रुपमा बेलायत, अष्ट्रेलिया, अमेरिकालगायतका विश्वविद्यालयबाट परामर्श सुविधा उपलव्ध गराउने उद्देश्यले राखेको छ ।
एसआई युके शाखाले बेलायतमा स्नातक तह उर्तीण गरि नेपाल फर्केका स्टाफहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । एसआई युके मार्फत अध्ययनका लागि विदेश जान भिजा पाएको विद्यार्थीहरुलाई बेलायत, अमेरिका, अस्ट्रेलियालगायतका मौसम, रहनसहन, बस्तुस्थितिको जानकारी गराउने व्यवस्था समेत मिलाइएको निर्देशक अधिकारीले जनाए ।
नेपालबाट अति विकसित मुलुकका ख्याति प्राप्त विश्वविद्यालयमा अध्ययन गर्न जाने क्रम बढेसँगै पछिल्लो समय यूकेमा पिएस डब्लू (पोस्ट स्टडी भिजा) भिजा प्रणाली खुला गरिएको छ । बेलायतको उच्चशिक्षा हासिल गरेपछि दुई बर्ष पुरा समय काम गर्न पाउने भिजा बेलायत सरकारले सुरु गरिसकेकाले यूकेका विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीहरुको आर्कषण ह्वात्तै बढेको देखिन्छ ।
३६ वटा देशमा फैलीएको एसआई यूकेले विश्वभर ७६ वटा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय ५८ वटा भन्दा वढी विश्व विद्यालयसँग आधिकारीक रुपमा सहकार्य गर्दै आएको छ । हरेक वर्ष हजारौं विद्यार्थीहरुलाई युकेमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको एसआई यूकेको डाटा अनुसार सन् २०१८ मा ३२ हजार विद्यार्थी यूकेको विश्वविद्यालयमा भर्ना भएका थिए ।
