बागमती प्रदेश : मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं : नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री भएकी छिन् ।

बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनले मुख्यमन्त्रीका रुपमा शपथ पनि लिएकी छिन् ।

बुधबार माधवकुमार नेपालले नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एमाले समाजवादी दर्ता गरेकै दिन शाक्यले मुख्यमन्त्री पदको सपथ लिएकी हुन् ।

त्यस्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्रीलाई नियुक्त गरेकी छिन् । दुवै मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री शाक्यले सामाजिक विकासमन्त्रीका रुपमा कृष्ण खनाललाई नियुक्त गरेकी हुन् ।

त्यस्तै, उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

© 2022 All Right Reserved DiasporaNepal