सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति गठन

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार बसेको पाँचदलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा ५ दलका २–२ जना सदस्य रहनेछन् । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य छैनन् । तर प्रधानमन्त्री देउवा समितिको बैठकमा सहभागी हुनेछन् ।

समितिको नेतृत्व सुरुमा दुई महिना कांग्रेसका पौडेलले गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् ।

समितिमा कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव नेपाल र अन्य एकजना, जसपाको तर्फबाट उपेन्द्र यादव र अन्य एकजना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र अन्य एकजना सदस्य रहनेछन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us