एमाले विभाजित : माधव नेपालको नेतृत्वमा एमाले समाजवादी दर्ता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव गरिएको छैन ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने छन् । साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् ।

सरकारले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएसँगै वरिष्ठ नेता नेपालले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

© 2022 All Right Reserved DiasporaNepal