प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन -प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्यहरु सँग द्धिपक्षीय भेटघाट भएको छ । बेलायत लण्डनस्थित राजदुतावासमा प्रधानमन्त्री देउवा र लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको हो ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए। द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिए । उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन ।

प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गरेको सचिव पौड्यालले बताए ।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री शनिवार दिनभर उच्च भेटवार्तामा रहनेछन ।

मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

May be an image of 2 people and people standing


यसैबिच, प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन । गैरआवासीय नेपाली संघ युकेको आयोजनामा लण्डनस्थित राजदुतावासमा शनिवार भएको भेटघाट कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताएका हुन् ।

गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञा प्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
गैरआवासीय सङ्घ युकेका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहेका प्रधानमन्त्री देउवा बेलायतमा छन्।


प्रधानमन्त्रीसँग नेपाल–बेलायत समाजका पदाधिकारीको भेट
यसैबिच, स्कटल्याण्डको ग्लास्गोमा यही कात्तिक १५ गते हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा बेलायत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन ।

यहाँस्थित नेपाली राजदूतावासमा शनिवार नै भएको भेटमा उनीहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।

समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।
प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गरे । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी थिए ।

© 2022 All Right Reserved DiasporaNepal