चिनबाट कोभ्याक्स खोपको पहिलो किस्ता नेपाल आइपुग्यो

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । बुधबार बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सोही सम्झौँताको पहिलो किस्ता बुधबार विहान आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको पहिलो किस्ताको खोप भएको बताए ।

विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रबाट मुलुकभर वितरण गर्ने योजना रहेको बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us