सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन सरकारको निर्देशन

२ घण्टा अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सोमवार यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई सम्बोधन गर्दै विद्यार्थी सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

सरकारले तोकेको यो सहुलियत कार्यान्वयन नगर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने समेत विभागले जनाएको छ ।

विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us