सल्यानमा छात्रवृत्ति कोष स्थापना  गर्न राप्ती समाज यूकेद्वारा च्यारिटी डिनर

१ दिन अगाडि

डायस्पोरा नेपाल

लण्डन –  सल्यान जिल्लाको एक सामुदायिक विद्यालयमा छात्रवृत्ति कोष  स्थापना गर्न आशफोर्डमा च्यारिटी  डिनर आयोजना गरिएको छ ।

शनिवार राप्ती समाज यूकेको वार्षिक साधारण सभा सम्पन्न भएपछि च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रम राप्ती समाजका सदस्यहरू साथै विभिन्न सङ्घसंस्थाका अतिथिहरूलाई स्वागत गर्दै सुरु भएको थियो।  फोक्स्टोन नेपाली समुदायका अध्यक्ष क्याप्टेन (सेवा निवृत्त) सुमन चन्द्र राई, क्षेत्री समाज वेलफेयर फाउन्डेसन युकेका क्याप्टेन टेक घर्ती, गुरुङ समाज केन्टका अध्यक्ष गोलमान गुरुङ,  १ आरजीआरका प्रतिनिधि क्याप्टेन नरवीर गलामी लगायतका पाहुनाहरू कार्यक्रममा सहभागी भएका थिए।

क्षेत्री समाज वेलफेयर फाउन्डेसन युकेका अध्यक्ष क्याप्टेन टेक घर्तीले आफ्नो मन्तव्यमा  दुर्गम क्षेत्रको विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन छात्रवृत्ति कोष  स्थापना गर्ने अभियानलाई सघाउन पाउँदा आफू अत्यन्तै खुसी भएको बताए।

राप्ती समाजका अध्यक्ष चन्द्र शाहीले आफ्नो व्यस्त समयबाट समय निकालेर यस पुण्य कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि धेरै सहृदयी व्यक्तित्वहरुले आर्थिक सहयोग गरेको उल्लेख गर्दै आभार प्रकट गरे। साथै, उनले पीपल मोर्टगेज आशफोर्ड, यति होम्स आशफोर्ड, गोर्खा भिल्ला आशफोर्ड लगायतका प्रायोजकहरूलाई  धन्यवाद पनि दिए।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा राफल ड्र समेत आयोजना गरिएको थियो।

यस च्यारिटीबाट सङ्कलित रकम पश्चिम नेपालस्थित जाजरकोट जिल्लाको एक सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गर्न प्रयोग गरिनेछ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us