अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप दिने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको फाइजर खोप अनुदानमा दिने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाले नेपाललाई १ लाख ६२० डोज फाइजर खोप अनुदानमा दिने जानकारी दिएको हो ।

अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत सोमबार काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

यसैबीच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us