तीन दिन पहिले नै लन्डनमा नयाँ वर्षलाई स्वागत

१ हप्ता अगाडि

डायस्पोरा नेपाल

लन्डन ।  उत्तर पश्चिम लन्डनमा सक्रिय सामाजिक संस्था, बर्न्टओक नेपाली समाज, ले  एक रमाइलो कार्यक्रम आयोजना गरी नयाँ वर्ष वि सं २०८३ लाई स्वागत गरेको छ।

बर्न्टओकस्थित साझा घरमा शनिबार बेलुका आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष खमिरजंग  गुरुङले सबैलाई स्वागत गरे।  उनले नयाँ  वर्ष समाजका सदस्यहरु लगायत सम्पूर्ण नेपाली समुदायका लागि शुभ होस् भन्ने कामना पनि  गरे।

संगीत निर्देशक केरजंग गुरुङको संयोजनमा ‘गाउँलेहरु’ ब्यान्ड, अनमोल र आध्या (युगल प्रस्तुति), आवर (पियानोमा), क्याथी र काव्या, ओजल, शेष, प्रसन्न,  मोनी, रूपक लगायतका कलाकारले  आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, मोनी र तपस्या, परमिता तथा आध्या, नाओमी र आयेशा सहितको समूहले नृत्य प्रस्तुत गरेका  थिए। समाजका अध्यक्ष खमिरजंग  गुरुङले स्वागत तथा अन्य गीतहरु सुनाएका थिए।

समाजका  उपाध्यक्ष मुरारी थापाले कार्यक्रम सफल पार्न खट्ने समाजका पदाधिकारीहरु, स्वयम्सेवी, कलाकार तथा सबै सहभागीहरुलाई धन्यवाद दिए।

कार्यक्रमको सञ्चालन  सुधीर गौतमले गरेका थिए भने  रुपक पन्तले लोकप्रिय गीतहरु गाउँदै सहभागीहरुलाई नचाएका थिए। सांस्कृतिक कार्यक्रमपछि  रात्रि भोजका साथै  राफल  ड्र गरिएको थियो।

सन् २००४ मा स्थापित समाजले दशैं, तिहार, तीज, लोसार, नयाँ वर्ष लगायतका अवसरमा कार्यक्रमहरु आयोजना गर्नुका साथै आफ्ना सदस्यहरुको वृत्तिविकास, स्वास्थ्य र सुरक्षाको बारेमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

 रेडिंगमा पनि  नयाँ वर्षलाई स्वागत

यसै गरी शनिबार नै ग्रेटर रेडिंग नेपाली समाजले भव्य सांस्कृतिक समारोह सहित नयाँ वर्षलाई स्वागत गरेको छ।

समाजका अध्यक्ष भीमसेन खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले प्रवासमा बसेर पनि नेपाली संस्कृति र सम्पदाको प्रवर्धन गर्न योगदान पुर्याएकोमा समाजको प्रशंसा गरेका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us