सम्पत्ति शुद्धिकरण सम्बन्धमा भ्रामक र झुटा प्रचार भइरहेको देउवाको दाबी

२ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिएका छन्।

देउवाले बुधबार साँझ सामाजिक सञ्जाल मार्फत उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका हुन् ।
उनले नेपालका कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको स्पष्ट पारेका छन् ।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताएका छन्।

देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन प्रवद्र्धनका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको पनि स्मरण गराएका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेको बताए। साथै, समयक्रमसँगै वास्तविकता बाहिर आउने उल्लेख गर्दै अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैमा अपिल गरेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us