नयाँ सभामुखको सपथ आइतबार

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) को शपथग्रहण आगामी आइतबार (चैत २२ गते) हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल सभामुख पदमा एक्ला उम्मेदवार रहेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन्। यद्यपि, आइतबार बस्ने प्रतिनिधिसभाको बैठकले उनको उम्मेदवारीलाई औपचारिकता दिँदै निर्णयार्थ प्रस्तुत गर्नेछ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार सभामुख चयनको प्रक्रिया पूरा भएलगत्तै आइतबार दिउँसो साढे २ बजे शपथग्रहणको कार्यक्रम तय गरिएको छ। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन्।

आज (शुक्रबार) भएको मनोनयन दर्ता प्रक्रियामा अर्यालको एकल उम्मेदवारी दर्ता भएको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us