एमाले संसदीय दलमा बादल सर्वसम्मत

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सर्वसम्मत चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि छुट्ट्याइएको समयभित्र बादलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

निर्वाचन संयोजक निरज आचार्यले निर्धारित समयमा एउटा मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको जानकारी दिए । युवा नेता सुहाङ नेम्वाङले पनि उम्मेदवारी मनोनयनका लागि फारम लगेका थिए। तर, उनका लागि प्रस्तावक र समर्थक बस्न अन्य सांसद तयार नभएपछि उम्मेदवारी दर्ता गराउन नसकेको एमाले स्रोतले बताएको छ ।

प्रारम्भमा राजेन्द्र राई र डा. अर्जुन कार्कीले प्रस्तावक/समर्थक बस्ने तयारी गरेका थिए। उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पछि हटाएपछि सुहाङको उम्मेदवारी अगाडि बढ्न सकेन ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्षसहित सबै पदाधिकारी पराजित भएपछि एमालेलाई संसदीय दलको नेता चयनमा सकस भएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us