रोयल बरो अफ ग्रिन्विच नेप्लिज सोसाइटीद्वारा नयाँ वर्ष शुभकामना साँझ आयोजना हुने

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

रोयल बरो अफ ग्रिन्विच नेप्लिज सोसाइटी (आर जि एन एस) ले नयाँ वर्ष २०८३ को अवसरमा विशेष “शुभकामना साँझ” आयोजना गर्ने भएको छ।

आगामी ५ अप्रिल २०२६, आइतबारका दिन ऊल्विचस्थित सेन्ट जोर्जेज ग्यारिसन चर्च (St George’s Garrison Church, Woolwich) मा दिउँसो ३:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म यो कार्यक्रम संचालन हुनेछ।

नेपाली कला र संस्कृतिलाई प्रवासमा पनि जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालबाट आएका कलाकारहरूका साथै स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ। विशेष गरी चर्चित गायिका निरा थापा मगरको सुमधुर स्वरले सहभागीहरूलाई मनोरञ्जन दिलाउनेछ।

मनोरञ्जनका साथै कार्यक्रममा विविध नेपाली स्वादका परिकारहरू, डिजे म्युजिक र आकर्षक राफल ड्र (चिठ्ठा) को समेत व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क १५ पाउण्ड तोकिएको छ। संस्थाका अध्यक्ष ह्यारी गुरुङ, संयोजक तथा उपाध्यक्ष संगीता मगर, उपाध्यक्ष माधवलाल श्रेष्ठ र महासचिव पुस्कल श्रेष्ठले लण्डन र आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई यस उल्लासमय कार्यक्रममा सहभागी भई नयाँ वर्षको खुसी साटासाट गर्न आग्रह गरेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us