गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ ।

मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।

साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ ।

तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us