बालेन शाहले शुक्रबार १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आगामी चैत १३ गते शुक्रबार मुलुकको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
गत फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिटसहित ऐतिहासिक जित हासिल गरेपछि शाहले एकल सरकारको नेतृत्व गर्न लागेका हुन्।
शपथ ग्रहण कार्यक्रम शुक्रबार मध्याह्न १२:३४ बजेका लागि तय गरिएको छ। समारोहलाई विशेष बनाउन १०८ जना बटुकबाट स्वस्ति वाचन, १६ जना भिक्षुबाट अष्ठमंगल पाठ र ७ वटा शंख बजाएर शंखनाद गरिने कार्यक्रम रहेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
प्रधानमन्त्रीको शपथ लिएलगत्तै शाह दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्। नयाँ प्रधानमन्त्रीको आगमनसँगै मुलुकमा नयाँ राजनीतिक उत्साह देखिएको छ।
